काठमाडौं । नेपाली कांग्रेसले आइतबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठक आइतबार दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने छ ।
प्रतिनिधिसभा निर्वाचनको परिणाम सार्वजनिक भएपछि कांग्रेसले पहिलोपटक कार्यसम्पादन समिति बैठक बोलाएको हो ।
समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्ये दलले प्राप्त गरेको सिट संख्याको आधारमा प्रतिनिधिसभा सदस्य छनौटका लागि बैठक बोलाइएको विज्ञप्तिमा जनाइएको छ ।
कांग्रेसले चैत पहिलो सातासम्म केन्द्रीय कार्यसमिति बैठक पनि बोलाउने तयारी गरेको बताइएको छ ।
निर्वाचन आयोगका अनुसार कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरेर २७५ सदस्यीय प्रतिनिधिसभामा कुल ३८ सीट हासिल गरेको छ ।






