काठमाडौं । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण कार्यलाई प्रभावकारी र व्यवस्थित बनाउन ७७ वटै जिल्लाका लागि केन्द्रीय प्रतिनिधि तोकेको छ।

केन्द्रीय समितिको निर्णयअनुसार पार्टीको १५औँ महाधिवेशनका लागि सञ्चालन गरिएको क्रियाशील सदस्यता वितरण अभियानलाई व्यवस्थित गर्न प्रतिनिधि तोकिएको कावा मुख्यसचिव कृष्णप्रसाद दुलालले बताए। नयाँ क्रियाशील सदस्यता वितरण प्रक्रियामा विशेष गरी ३५ वर्षमुनिका युवाहरूको अधिकतम प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्य पार्टीले राखेको उनले बताए।

ADVERTISEMENT

तोकिएका केन्द्रीय प्रतिनिधिहरूले असार २० गतेसम्म सम्बन्धित जिल्लामा उपस्थित भई समन्वय, सहजीकरण तथा जिम्मेवारी निर्वाह गर्न पार्टीले निर्देशन दिएको बताए।

ADVERTISEMENT

सुदूरपश्चिमको अछाममा जगतप्रसाद जोशी, बझाङमा बिजयबहादुर स्वार, बाजुरामा गणेशराज भट्ट, डोटीमा हिमबहादुर रावल, डडेलधुरामा सम्झना खत्री, दार्चुलामा सन्तोषी साउद ऐरी, बैतडीमा सुशीला मिश्र भट्ट, कञ्चनपुरमा दिलेन्द्रप्रसाद बडू, कैलालीमा सुदूरपश्चिम मधु आचार्य खटिएका छन् ।

कर्णाली प्रदेशको हुम्लामा सूर्यबहादुर विक, जुम्लामा तपेन खड्का, मुगुमा युवराज पाण्डे, कालिकोटमा कमलराज रेग्मी, डोल्पामा बलदेव तिमिल्सिना, दैलेखमा तीर्थजंग शाही, सुर्खेतमा लेखनाथ पोख्रेल, सल्यानमा केशवराज आचार्य, रुकुम पश्चिममा नारायण कोइराला र जाजरकोटमा छाया सुनारलाई तोकिएको छ ।

ADVERTISEMENT

लुम्बिनी प्रदेशको रुकुममा भीम श्रीष, रोल्पामा किरणकिशोर घिमिरे, प्युठानमा टेकराज पौडेल, दाङमा राधेश्याम पाठक, बाँकेमा महेन्द्र शर्मा, बर्दियामा सुरेन्द्रप्रसाद चौधरी, अर्घाखाँचीमा राजेन्द्रगोपाल सिंह, गुल्मीमा हरि आचार्य, पाल्पामा मुना भुसाल, रुपन्देहीमा नारायणप्रसाद भट्टराई, कपिलवस्तुमा प्रदीपराज शर्मा, पराशीमा केशवप्रसाद निरौलालाई खटाइएको छ ।

यस्तै गण्डकी प्रदेशको गोरखामा तिलक रानाभाट, लमजुङमा कृष्णबहादुर केसी, तनहुँमा कुशुमदेवी थापा मगर, मनाङमा मनकुमारी गुरुङ, मुस्ताङमा जगदीश उपाध्याय, म्याग्दीमा छन्दबहादुर पहराई, बाग्लुङमा जितनारायण श्रेष्ठ, पर्वतमा रेशमबहादुर बानिया, कास्कीमा विष्णुदेवी पाण्डे, स्याङ्जामा दिपक भट्टराई, नवलपुरमा गोपाल दहित छन् ।

यसैगरी, बागमती प्रदेशको दोलखामा ओम घर्ती मगर, रामेछापमा सीता मिजार, सिन्धुलीमा मुकेश काफ्ले, काभ्रेमा शिव सुनार, सिन्धुपाल्चोकमा इच्छृ राना, काठमाडौंमा उदयशमशेर राणा, ललितपुरमा मनोजमणि आचार्य, भक्तपुरमा राजेन्द्रकुमार केसी, रसुवामा ईश्वर अधिकारी, नुवाकोटमा वंशलाल तामाङ, धादिङमा सुशील भट्ट चितवनमा केदारनरसिंह केसी, मकवनपुरमा बद्रीप्रसाद अर्याल प्रतिनिधि छन् ।

मधेश प्रदेशको सप्तरीमा रामपल्टन साह, सिरहामा रामकुमार यादव, धनुषामा सुवासकुमार पोख्रेल, महोत्तरीमा शम्भुलाल श्रेष्ठ, सर्लाहीमा अनिलकुमार झा, रौतहटमा प्रमोदहरि गुरागाईm बारामा मथुराप्रसाद घिमिरे, पर्सामा उज्वलप्रसाद बराललाई तोकिएको छ ।

कोशी प्रदेशको ताप्लेजुङमा हिमालय कर्माचार्य, पाँचथरमा उमा शिवाकोटी, इलाममा यदु विष्ट, झापामा राजीव कोइराला, मोरङमा सुधीरकुमार शिवाकोटी,
सुनसरीमा कुमार लुइँटेल, धनकुटामा नगेन्द्र कुमाल, उदयपुरमा दिनेशकुमार यादव, भोजपुरमा दिपनकुमार श्रेष्ठ, तेह्रथुममा मेदिनीप्रसाद सिटौला, संखुवासभामा रूद्र कन्दङ्वा, सोलुखुम्बुमा कोशी लक्ष्मी परियार, खोटाङमा दिपक अधिकारी र ओखलढुंगामा आङगेलु् शेर्पालाई प्रतिनिधि बनाएर पठाइएको छ ।