काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबारको बैठकमा तत्कालीन सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिमा रहेका नेताहरू पनि सहभागी भएका छन्।
सानेपास्थित पार्टी कार्यालयमा जारी बैठकमा मीनबहादुर विश्वकर्मा, महालक्ष्मी उपाध्याय ‘डिना’, ज्ञानेन्द्रबहादुर कार्की, रामहरि खतिवडा, इन्द्रबहादुर बानियाँ, नैनसिंह महर, जीवनबहादुर शाही, श्याम घिमिरे, सुरेन्द्र पाण्डेलगायत नेताहरू पुगेका छन्।
यीमध्ये केही नेताले यसअघि कांग्रेसभित्रको विवाद समाधानका लागि दुवै पक्षलाई महाधिवेशनको कार्यतालिका स्थगन गरेर संवादमा आउन सार्वजनिक अपिल गरेका थिए।
सभापति गगन थापाले असोज ३ र ४ गते हुने वडा अधिवेशनअघि केन्द्रीय कार्यसमितिको बैठक बोलाएका हुन्। बैठकमा महाधिवेशन तयारी तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ।
कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने कार्यतालिका छ










