काठमाडौं। शेयर बजार परिसुचक नेप्से लगातार ओरालो लागेपछि यो साता कारोबार रकम पनि खुम्चिएको छ । नियमित कारोबारको लागि पाँच कार्य दिन नैं खुलेको नेप्से पाँचौं दिन मात्र झिनो अंकले उकालो लागेको थियो । यि बाहेकका बाँकी चार कार्य दिन शेयर बजार लगातार ओरालो लागेको थियो । यसको प्रभाव नेप्से सुचक संगै कारोबार रकममा पनि देखिएको छ । सो अनुसार नेप्से परिसुचक यो साता २७ सय ८८ दशमलव ७० बिन्दुमा सिमित हुँदा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि चार सय ६८ दशमलव सात बिन्दुमा सिमित हुन पुगेको छ ।
धितोपत्र बजारमा यो साता तीन सय ५१ वटा कम्पनीहरुको पाँच लाख दुई हजार छ सय ७९ पटकको कारोबारमा छ करोड ५८ लाख ११ हजार चार सय ९४ कित्ता शेयर किनबेच भएका छन् । जसबाट कुल कुल कारोबार रकम २९ अर्ब ३८ करोड ८८ लाख १० हजार नौं सय चार ८३ रुपैयाँ कायम भएको छ । यो कारोबार रकम गत साताको तुलनामा छ अर्ब रुपैंयाँले कम हो । गत साता तीन सय ४४ वटा कम्पनीहरुको चार लाख ३२ हजार सात सय १९ पटकको कारोबारमा सात करोड ५४ लाख नौं हजार नौं सय २६ कित्ता शेयर किनबेच भएका थिए । जसबाट उक्त साता कुल कारोबार रकम ३५ अर्ब ९७ करोड ६१ लाख ३६ हजार तीन सय चार ४५ रुपैयाँ पुगेको थियो ।
दैनिक शेयर कारोबारको समिक्षा गर्दा साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसुचक १३ दशमलव १७ अंकले घटेर दुई हजार आठ सय २५ दशमलव २३ बिन्दुमा खुम्चिएको थियो भने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव २१ अंकले घटेर चार सय ७३ दशमलव ७१ बिन्दुमा खुम्चिएको थियो । दोस्रो दिन मंगलबार नेप्से परिसुचक १७ दशमलव ९१ अंकले घटेर दुई हजार आठ सय सात दशमलव ३१ बिन्दुमा खुम्चिदा सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव शुन्य सात अंकले घटेर चार सय ७० दशमलव ६३ बिन्दुमा खुम्चिएको थियो । तेस्रो दिन बुधबार पनि नेप्से परिसुचक दुई दशमलव ९५ अंकले घटेर दुई हजार आठ सय चार दशमलव १७ बिन्दुमा खुम्चिदा सेन्सिटिभ इन्डेक्स भने शुन्य दशमलव ६५ अंकले बढेर चार सय ७१ दशमलव २२ बिन्दुमा चढेको थियो । चौथो दिन बिहिबार नेप्से परिसुचक १७ दशमलव शुन्य एक अंकले घटेर दुई हजार सात सय ८७ दशमलव १५ बिन्दुमा खुम्चिंदा सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ९४ अंकले घटेर चार सय ६८ दशमलव २७ बिन्दुमा खुम्चिएको थियो । पाँचौं दिन शुक्रबार भने नेप्से परिसुचक एक दशमलव ५४ अंकले बढेर दुई हजार सात सय ८८ दशमलव ७० बिन्दुमा चढेपनि सेन्सिटिभ इन्डेक्स भने शुन्य दशमलव २० अंकले घटेर चार सय ६८ दशमलव सात बिन्दुमा खुम्चिएको थियो ।
यस साता नेशनल हाईड्रो पावर लिमिटेड, रिडी हाईड्रो पावर कम्पनी आदिको बढी रकम कारोबार भएपनि शेयर संख्याको आधारमा नेशनल हाईड्रोवार कम्पनी लिमिटेड, आखुखोला जलबिद्युत कम्पनी लिमिटेड अगाडि देखिएका छन् । बजार पुँजीकरणतर्फ भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि परेका छन् ।
यस्तो छ दैनिक सेयर कारोबार तालिका








