काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म नाफामा थोरै गिरावट आएको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको ९ महिनामा नाफा घटेर ३ अर्ब १४ करोड ६७ लाख रुपैयाँमा सीमित भएको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ४ अर्ब ५४ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । यस वर्ष नाफामा उल्लेख्य कमी आएको देखिएको छ । बैंकको खुद ब्याज आम्दानी घट्दा नाफामा प्रत्यक्ष असर परेको हो । चालु आर्थिक वर्षमा खुद ब्याज आम्दानी घटेर ९ अर्ब ५७ करोड ९५ लाख रुपैयाँमा सीमित भएको छ, जुन अघिल्लो वर्ष सोही अवधिमा १० अर्ब ३१ करोड रुपैयाँ थियो ।
सञ्चालन नाफामा पनि गिरावट आएको छ । गत वर्ष चैतसम्म ६ अर्ब ६१ करोड १४ लाख रुपैयाँ रहेको सञ्चालन नाफा यस वर्ष घटेर ४ अर्ब ७७ करोड ९६ लाख रुपैयाँमा पुगेको छ । हाल बैंकको वितरणयोग्य नाफा ३ अर्ब १० करोड ३० लाख रुपैयाँ रहेको छ । बैंकको चुक्तापुँजी ३४ अर्ब १२ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३७ अर्ब १३ करोड रुपैयाँ सञ्चित छ ।
यस अवधिमा बैंकको खराब कर्जा (एनपीएल) बढेर ८.४१ प्रतिशत पुगेको छ, जुन गत वर्ष सोही अवधिमा ६.०६ प्रतिशत थियो । बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) १२.२९ रुपैयाँ कायम भएको छ।काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म नाफामा उल्लेख्य गिरावट आएको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार चैतसम्म बैंकको नाफा ३०.६९ प्रतिशतले घटेर ३ अर्ब १४ करोड ६७ लाख रुपैयाँमा सीमित भएको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ४ अर्ब ५४ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।
बैंकको खुद ब्याज आम्दानी ७.१३ प्रतिशतले घटेर ९ अर्ब ५७ करोड ९५ लाख रुपैयाँमा झरेको छ । अघिल्लो वर्ष सोही अवधिमा यस्तो आम्दानी १० अर्ब ३१ करोड रुपैयाँ रहेको थियो ।
सञ्चालन नाफा पनि घटेको छ । गत वर्ष चैतसम्म ६ अर्ब ६१ करोड १४ लाख रुपैयाँ रहेको सञ्चालन नाफा यस वर्ष घटेर ४ अर्ब ७७ करोड ९६ लाख रुपैयाँ कायम भएको छ ।
यस अवधिमा बैंकको वितरणयोग्य नाफा बढेर ३ अर्ब १० करोड ३० लाख रुपैयाँ पुगेको छ । बैंकको चुक्तापुँजी ३४ अर्ब १२ करोड रुपैयाँ रहेको छ भने जगेडा कोष ३७ अर्ब १३ करोड रुपैयाँ पुगेको छ ।
तर, बैंकको खराब कर्जा (एनपीएल) उल्लेख्य रूपमा बढेर ८.४१ प्रतिशत पुगेको छ, जुन गत वर्ष सोही अवधिमा ६.०६ प्रतिशत थियो ।
यस्तै, बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) १७.७४ रुपैयाँबाट घटेर १२.२९ रुपैयाँमा झरेको छ ।








