काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रकार सेयर बजार सामान्य बढेर बन्द भएको छ । आज कारोबार अवधिका अधिकांश समय सामान्य अंक घटबढ भएको नेप्से अन्तिम समयमा सामान्य अंक बढेर बन्द भएको छ ।

शुक्रबार नेप्से परिसूचक ५.३६ अंक बढेर २८३८.४० विन्दुमा पुगेको छ। आज पाँच उपसमूहको परिसूचक बढेको र आठ उपसमूहको परिसूचक घटेको छ। उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.४० प्रतिशत बढेको छ।
होटल तथा पर्यटन उपसमूहको परिसूचक १.३८ प्रतिशत बढेको छ। यस दिन बैंकिङ, विकास बैंक, वित्त, लगानी, जीवन बीमा, लघुवित्त, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक सामान्य घटेको छ।

ADVERTISEMENT

आज कारोबार रकम भने निकै घटेको छ। बिहीबार नौ अर्ब ३१ करोड २८ लाख ६० हजार रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा आज ३३५ स्टकको ९६ हजार ५७३ पटकको कारोबारमा सात अर्ब ४६ करोड ६ लाख रुपैयाँबराबरको एक करोड ८० लाख ६३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

शुक्रबार नेसनल हाइड्रोपावर कम्पनीको ६६ करोड ८६ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ। सोलु हाइड्रोपावरको ३७ करोड र रिडी पावर डेभलपमेन्टको कारोबार रकम ३४ करोड रुपैयाँ नाघेको छ।

ADVERTISEMENT

आज पाँच स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, होटल फरेष्ट इन, पाल्पा सिमेन्ट, शिखर पावर डेभलपमेन्ट र रिज लाइन इनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। खानीखोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य करिब साढे ८ प्रतिशत बढेको छ ।