काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक घटेर बन्द भएको छ। नेप्से परिसूचक आज ९.४३ अंक घटेर २७०५.३८ विन्दुमा झरेको छ।

पछिल्ला चार कारोबार दिनदेखि निरन्तर बढिरहेको नेप्सेमा करेक्सन भएको हो। पछिल्ला चार कारोबार दिनमा नेप्से परिसूचक करिब ८० अंक बढेको थियो।

ADVERTISEMENT

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात् मंगलबार ११ अर्ब ८५ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको थियो । आज ३२४ स्टकको दुई करोड १६ लाख ४१ हजार कित्ता सेयर खरिदबिक्री हुँदा आठ अर्ब ९२ करोड ३६ लाखको कारोबार भएको छ ।

आँखु खोला जलविद्युत कम्पनीको ४३ करोड ३६ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ। एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ३५ करोड र हिमालयन रि इन्स्योरेन्सको ३३ करोड रुपैयाँको कारोबार भएको छ।

आज कालिका पावर कम्पनीको सेयरमूल्य सर्वाधिक ९.८४ प्रतिशत बढेको छ। नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ । रिभर फल्स पावरको सेयरमूल्य साढे ५ प्रतिशत बढेको छ।