काठमाडौं । कामना सेवा विकास बैंकले मर्चेन्ट बैंकिङ सम्बन्धी कार्य गर्न आकाश क्यापिटल लिमिटेडको संस्थापक सेयर खरिद गरी उक्त कम्पनीलाई आफ्नो सहायक कम्पनीको रुपमा सञ्चालन गर्ने भएको छ । उक्त कम्पनीलाई सहायक कम्पनीको रुपमा सञ्चालन गर्न नेपाल राष्ट्र बैंकवाट स्वीकृति प्राप्त गरिसकेको बैंकले जनाएको छ ।

यसअघि बैंक र आकाश क्यापिटलबीच संस्थापक सेयर खरिद विक्री गर्ने सम्झौतामा हस्ताक्षर भइसकेको थियो । नेपाल राष्ट्र बैंकवाट उक्त लगानीका लागि स्वीकृति प्राप्त भएसँगै प्रचलित धितोपत्रसम्वन्धी कानुन तथा नियामकीय व्यवस्थाअनुसार नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट आवश्यक अनुमति तथा दर्ता प्रक्रिया पूरा गरी मर्चेन्ट बैंकिङ सेवा सञ्चालनमा ल्याइने बैंकले जनाएको छ ।

ADVERTISEMENT

हाल आकाश क्यापिटलको नाममा रहेको उक्त कम्पनी कामना सेवा विकास बैंकको सहायक कम्पनी भएसँगै ‘कामना सेवा क्यापिटल लिमिटेड’को रुपमा सञ्चालन हुने बैंकले जनाएको छ । यसबाट बैंकको सेवा दायरा विस्तार हुनुका साथै नेपालको पूँजी बजारको विकासमा सकारात्मक योगदान पूग्ने बैंकले विश्वास लिएको छ ।