कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत झापाका दुई स्वास्थ्य केन्द्रलाई वाटर प्यूरिफायर तथा डिस्पेन्सर सहयोग प्रदान गरेको छ।

बैंकले दमक नगरपालिका वडा नं. ५ स्थित आधारभूत स्वास्थ्य केन्द्र तथा कमल गाउँपालिका वडा नं. ५ स्थित सामुदायिक स्वास्थ्य केन्द्र, सिम्लेमा १–१ थान वाटर प्यूरिफायर र डिस्पेन्सर हस्तान्तरण गरेको हो।उक्त सामग्री बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुसालले दमक नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष इन्द्र गुरुङ तथा कमल गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष लालबहादुर बिष्टलाई हस्तान्तरण गरे।

कार्यक्रममा वडा अध्यक्षहरूले बैंकको यस सहयोगबाट स्वास्थ्य केन्द्रमा सेवा लिन आउने सेवाग्राही, स्वास्थ्यकर्मी तथा सर्वसाधारण लाभान्वित हुने विश्वास व्यक्त गर्दै यस्तो सामाजिक उत्तरदायित्वपूर्ण कार्यका लागि बैंकलाई धन्यवाद ज्ञापन गरे।