विराटनगर कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत कोशी अस्पताललाई वाटर फिल्ट्रेसन सिस्टम र चिलर हस्तान्तरण गरेको छ।

बैंकको विराटनगर शाखामार्फत अस्पताललाई उक्त उपकरण हस्तान्तरण गरिएको हो। अस्पतालमा उपचारका लागि आउने बिरामी, कुरुवा तथा स्वास्थ्यकर्मीलाई स्वच्छ, सुरक्षित र चिसो पिउने पानी उपलब्ध गराउने उद्देश्यले उपकरण प्रदान गरिएको बैंकले जनाएको छ।

ADVERTISEMENT

बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुसालले कोशी अस्पतालका कायममुकायम मेडिकल सुपरिटेन्डेन्ट डा. आलोक झा तथा अस्पतालका शाखा अधिकृत तिलाचन न्यौपानेको उपस्थितिमा उपकरण हस्तान्तरण गर्नुभएको थियो।

ADVERTISEMENT

कार्यक्रममा अस्पतालका कायममुकायम मेडिकल सुपरिटेन्डेन्ट डा. झाले बैंकको सहयोगले अस्पतालमा आउने बिरामी, कुरुवा तथा स्वास्थ्यकर्मीलाई स्वच्छ र चिसो पिउने पानीको सुविधा उपलब्ध गराउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले स्वास्थ्य क्षेत्रमा बैंकले पुर्‍याएको योगदानको प्रशंसा गर्नुभयो।

त्यस्तै, बैंकका कोशी प्रदेश प्रमुख भुसालले समुदायको स्वास्थ्य, सुविधा तथा समग्र सामाजिक विकासमा सकारात्मक योगदान गर्न पाउँदा बैंक गौरवान्वित भएको बताउनुभयो। उहाँले बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवाका क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको जानकारी दिनुभयो।

ADVERTISEMENT

कार्यक्रममा बैंक तथा कोशी अस्पतालका कर्मचारीहरूको उपस्थिति रहेको थियो। बैंकले आगामी दिनमा पनि मानवीय तथा सामाजिक सेवाका कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।