काठमाडौं । कामना सेवा विकास बैंकले वि.सं. २०८३ सालको वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ। बैंकले आधुनिक प्रविधिलाई ध्यानमा राख्दै उक्त क्यालेन्डरलाई डिजिटल माध्यमबाट उपलब्ध गराएको जनाएको छ।

बैंकका अनुसार नेपाल पंचाङ्ग निर्णायक विकास समिति बाट स्वीकृत प्राप्त क्यालेन्डरमा समितिद्वारा निर्धारण गरिएका विभिन्न तिथि तथा शुभ मुहूर्तहरू समावेश गरिएको छ। यसले सर्वसाधारणलाई धार्मिक तथा सांस्कृतिक कार्यहरूका लागि उपयोगी जानकारी प्रदान गर्ने विश्वास बैंकले लिएको छ।

ADVERTISEMENT

उक्त डिजिटल क्यालेन्डर सहज रूपमा प्राप्त गर्नका लागि बैंकले क्यूआर कोड समेत सार्वजनिक गरेको छ। सो क्यूआर कोड स्क्यान गरी बैंकका ग्राहक तथा सर्वसाधारणले २०८३ सालको क्यालेन्डर हेर्न तथा डाउनलोड गर्न सक्नेछन्।

बैंकले उक्त क्यूआर कोड आफ्नो सामाजिक सञ्जाल तथा आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरिएको जनाएको छ।

ADVERTISEMENT