काठमाडौं। बजार मागको तुलनामा आपुर्ती निकै कम भएको भन्दै सुनचाँदी व्यवसायीहरुले लगातार दवाव दिएपछि २०८२ असोज २४ गते नेपाल राष्ट्र बैंकले सुनको नियमित आयात कोटा बढायो । यसअघि दैनिकरुपमा २० केजीको दरमा आयात कोटा तोकेको राष्ट्र बैंकले उक्त परिपत्र मार्फत आयात कोटा बढाएर २५ केजी पुर्यायो । यो आयात कोटाले व्यवसायीहरु केहीहदसम्म खुसी देखिए । तर अहिले यिनै व्यापारीहरु बिश्व बजारमा सुनको मुल्य आकासीय पछि बजार सुस्ताउँदा बेखुसी देखिएका छन् ।

अहिले नेपाली बजारमा प्रतितोला छापावाल सुनको मुल्य दुई लाख ८३ हजार पाँच सय रुपैंयाँ रहेको छ । त्यसमा ज्याला र जर्ति समेत जोड्ने हो भने एक तोला सुनको गहना बनाउँदा झण्डै तीन लाख रुपैंयाँसम्म पर्न जान्छ । यसअघि यो मुल्य अझै बढी थियो । बिश्व बजारमा सुनको मुल्यमा पछिल्लो समय निकै उतारचढाव आएको छ । थोरै घट्ने र धेरै बढ्ने समस्याले बिश्व सुन बजार पिरोलिएको छ । आर्थिक अनिश्चितता, भूराजनीतिक तनाव, मुद्रास्फीति तथा लगानीकर्ताको मनोविज्ञान जस्ता विभिन्न कारणहरूले बिश्व बजारमा सुनको मुल्य अस्भाविकरुपमा बढिरहेको छ । बिश्वका ठूला अर्थतन्त्रहरू—अमेरिका, चीन र युरोपेली देशहरू—बीच व्यापारिक तनाव, युद्धको जोखिम र आपूर्ति शृंखलामा अवरोधका कारण लगानीकर्ताहरू संभावित लगानीका क्षेत्रहरु खोजिरहेका छन् । यि लगानीका क्षेत्रहरु मध्येमा बिश्व बजारमा सबैले मान्दै आएको लगानीको सबैभन्दा सुरक्षित श्रोत भनेको सुन नैं हो । यसले गर्दा पनि पछिल्लोसमय बिश्व बजारमा सुनको माग बढिरहेको छ ।

ADVERTISEMENT

अर्थशास्त्रमा कुनै पनि वस्तुको माग बढ्दा मुल्य पनि बढ्छ र माग घट्दा मुल्य पनि घट्छ । अहिले बिश्व सुन बजारमा देखिएको दृष्य पनि यही हो । बिश्व बजारमा मुद्राको मुल्य घट्दै जानु अर्थात मुद्रास्र्फीति बढ्नुले पनि सुनचाँदीको मुल्य बढ्दै गएको छ । जब मुद्राको मूल्य घट्दै जान्छ, मानिसहरू आफ्नो सम्पत्ति सुरक्षित राख्न सुन र चाँदीमा लगानी गर्छन । अमेरिकी डलर कमजोर हुँदा सुनको मूल्य अझ तीव्र रूपमा बढ्ने गर्छ । तर अहिले अमेरिकी डलर बलियो भएकै अवस्थामा पनि सुनको मुल्य निकै नै बढी रहेको छ । बिश्वव्यापीरुपमा बढ्दै गएको द्धन्द्ध यसको प्रमुख कारण हो । बिश्व बजारमा सुनको मुल्य अत्याधिक मात्रामा बढेपछि सबै भन्दा बढी पिरोलिएको क्षेत्र मध्ये नेपाली बैंकिङ क्षेत्र पनि हो ।

ADVERTISEMENT

असोज र कात्र्तिक महिनामा दशैं तिहार पनि परेकाकारण सुनको बजार राम्रो थियो । यसअवधिमा दैनिक ६० देखि एक सय केजीसम्म सुन बिक्ने गरेको थियो । त्यसपछि भने सुनको मुल्यमा निकै उतारचढाव आयो, सुन बिक्ने छाड्यो संघका प्रतिनिधी भन्छन ।

ADVERTISEMENT

सुनको मुल्य बढ्दा किन पिरोलियो नेपाली बैंकिङ क्षेत्र ?
नेपालमा अहिले २० वटा बाँणिज्य बैंकहरु सञ्चालनमा रहेका छन् । सञ्चालनमा रहेका यि २० वटा बाँणिज्य बैंकहरु मध्ये पछिल्लो पटक थप भएको एभरेष्ट बैंक समेत गरी अहिले १८ वटा बैंकहरुले राष्ट्र बैंकको निर्देशन अनुसार सुनको आयात गर्छन । नेपाल एसबिआई बैंक र स्टान्र्डड चार्टड बैंकले भने सुन आयात गर्दैन ।
नियमितरुपमा सुनको आयात गर्ने बैंकहरुले भने प्रत्येक चार चार दिनमा पालो आउने गरी एक पटकमा उपत्यका बाहिरको लागि ५० केजी र उपत्यका भित्रको लागि ५० केजीको दरमा सुन ल्याउने गर्छन । तर यसरी ल्याएको सुन अहिले बिक्नै छोडेको छ, बाँणिज्य बैंकको छाता संगठन नेपाल बैंकर एशोसिएसन श्रोतले भनेको छ । श्रोतका अनुसार नेपाल बैंक, माछापुच्छ«े बैंक, एनआईसी एशिया बैंक र सिद्धार्थ बैंकमा मात्र अहिले ९० केजी सुन स्टक रहेको छ । बिक्री नभएकै कारण यो सुन स्टक रहेको हो, एशोसियसन श्रोतले भनेको छ । स्टकमा रहेको यो सुन माघ र फागुनमा ल्याईएको श्रोतको भनाई छ । दुई महिना अघि ल्याएको सुन नै बिक्री नभएपछि बैंकहरुले अहिले आफ्नो नियमित पालोमा सुन ल्याउन छोडेका छन्, एशोसियएसन श्रोतले भनेको छ ।

श्रोतका अनुसार यसअघि असोज र कात्र्तिक महिनामा दशैं तिहार पनि परेकाकारण सुनको बजार राम्रो थियो । यसअवधिमा दैनिक ६० देखि एक सय केजीसम्म सुन बिक्ने गरेको थियो । त्यसपछि भने सुनको मुल्यमा निकै उतारचढाव आयो, सुन बिक्ने छाड्यो संघका प्रतिनिधी भन्छन ।

के भन्छन, राष्ट्र बैंकका प्रवक्ता गुरु प्रसाद पौडेल ?
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं प्रवक्ता गुरुप्रसाद पौडेलले बैंकिङ क्षेत्रमा हाल स्टकमा रहेको सुन त्यति ठुलो परिमाणको नभएको बताएका छन् । बैंकिङ क्षेत्रमा पछिल्लो समय सुन बिक्न छाडेको बिषयमा कुरा गर्दा प्रवक्ता पौडेलले बाँणिज्य बैंकहरुको लागि ९० केजी सुन स्टकमा हुनु ठुलो कुरा नभएको बताएका हुन ।
बजारको मागको अवस्थालाई ध्यानमा राखेर राष्ट्र बैंकले गत असोजमा सुनको नियमित आयात कोटा बढाएर २५ केजी पुर्याएको हो । अहिले हामीसंग बिदेशी मुद्राको सञ्चिती पर्याप्त मात्रामा रहेको छ । यही कारण पनि सुन आयातमा राष्ट्र बैंकले कोटा थपिदिएको हो । यदि बिदेशी मुद्राको सञ्चिती कम भयो भने राष्ट्र बैंकले सबै भन्दा पहिलो कडाई गर्नै क्षेत्र भनेको सुनको नियमित आयात कोटा नैं हो, तर अहिले त्यो अवस्था छैन, प्रवक्ता पौडेलले भने ।

नेपाली सुनको बजारमा बैंकहरुले ल्याएको सुन मात्र नभएर नेपालभित्र पुरानो सुनका गहना बिक्री गर्दा पनि यसले सुनको आपुर्तीलाई सहज बनाउँछ । अहिले नेपाली बजारमा दैनिक ४० केजीको हाराहारीमा सुनको माग हुने गरेको छ । यो अवस्थामा २० केजी बैंकहरुले ल्याएको सुनबाट र २० केजी यहीको आन्तरिक बजारमा पुरानो सुन बिक्री हुँदा आपुर्ती व्यवस्था सहज भएको छ । तर पछिल्लो समय बिश्व बजारमा देखिएको अस्थिरताकाकारण सुनको मुल्य र बजार तलमाथि भएको हो, प्रवक्ता पौडेल भन्छन् ।