काठमाडौं । कारोबारको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक हजार रुपैयाँले घटेको छ ।

सोमबार तोलामा एक लाख ८८ हजार ४०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । यसअघि आइतवार सुन प्रतितोला एक लाख ८९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

ADVERTISEMENT

आज चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँले घट्दै दुई हजार १सय ४५ रुपैयाँ कायम भएको छ । हिजो आइतवार चाँदीको मूल्य प्रतितोला दुई हजार १६५ रुपैयाँमा कारोबार भएको थियो ।

ADVERTISEMENT