काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य ४२ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा दुई लाख ३५ हजार रुपैयाँ कायम भएको हो ।

ADVERTISEMENT

यसअघि बिहीबार सुन तोलामा दुई लाख ३९ हजार २०० रुपैयाँ कायम भएको थियो । दसैँपछि सुनको मूल्यमा पहिलोपटक उच्च गिरावट आएको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दा त्यसको प्रभाव नेपाली बजारमा पनि परेको हो ।

ADVERTISEMENT

शुक्रबार चाँदीको मूल्य भने बढेको छ । बिहीबार तोलामा तीन हजार २५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रवार बढेर तोलामा तीन हजार ८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । चाँदीको आज कायम भएको मूल्य हालसम्मकै उच्च हो ।

 

ADVERTISEMENT