आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ हजार १ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ५ हजार २ सय रुपैयाँ पुगेको छ। अघिल्लो दिन सुन ३ लाख ३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले बढेर ४ हजार ७ सय ९५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी ४ हजार ७ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।

ADVERTISEMENT