काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य निरन्तर अकासिँदो छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ ।

बुधबारको तुलनामा बिहीबार एक तोला सुन एक हजार दुई सय रुपैयाँले महँगो भएको छ ।

ADVERTISEMENT

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार दुई लाख ३८ हजारमा कारोबार भएको एक तोला सुनको मूल्य आज दुई लाख ३९ हजार दुई सय रुपैयाँ कायम भएको छ ।

ADVERTISEMENT

चाँदीको मूल्य पनि बढेको छ । बुधबार एक तोला चाँदी दुई हजार ९५५ मा खरिदबिक्री भएकामा आज त्यति नै परिमाणको चाँदी तीन हजार २५ मा खरिदबिक्री भइरहेको महासंघका जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ५५ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

ADVERTISEMENT