काठमाडौं । नेपाली बजारमा सुनको मूल्य फेरि दुई लाख ५० हजार रुपैयाँ नाघेको छ । शुक्रबार सुन तोलामा २२ सय रुपैयाँ बढेर दुई लाख ५० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।
बिहीबार सुन तोलामा दुई लाख ४८ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदी ६५ रुपैयाँले बढेर तीन हजार ३४५ रुपैयाँ पुगेको छ। हिजो चाँदी तोलामा ३२ सय ८० रुपैयाँमा किनबेच भएको थियो।
यसअघि नेपालमा सुन प्रतितोला दुई लाख ५८ हजार पुगेको थियो । त्यसपछि एकैपटक घटेर दुई लाख ३९ हजार रुपैयाँमा झरेको थियो । अहिले फेरि सुन तोलाको साढे दुई लाख नाघेको छ ।





