काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नम्बर–५ बाट विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता बालेन्द्र शाहलाई बधाई दिएका छन्।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा–५ बाट शाहसँग पराजित भएका ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत् उनलाई बधाई तथा शुभकामना व्यक्त गरेका हुन्।
ओलीले फेसबुकमा लेखेका छन्, “बालेन बाबु, विजयको लागि तपाईंलाई बधाई ! तपाईंको पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस् – हार्दिक शुभकामना !”


झापा–५ मा भएको प्रतिस्पर्धामा रास्वपाका बालेन्द्र शाहले एमाले अध्यक्ष ओलीलाई फराकिलो मतान्तरले पराजित गरेका थिए। निर्वाचन आयोगका अनुसार शाहले ६८ हजार ३४८ मत प्राप्त गर्दा ओली १८ हजार ७३४ मतमा सीमित भएका थिए।
निर्वाचन परिणाम सार्वजनिक भएपछि ओलीले विजयी शाहलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन्।

ADVERTISEMENT

https://www.facebook.com/share/p/186B6J8YkG/

ADVERTISEMENT