काठमाडौं । पछिल्लो समय नेपालको इलेक्ट्रिक गाडी बजारमा प्रोटोन इमास ५ को चर्चा चुलिएको छ । यो इभी गाडीलाई नेपालमा जम्बा मोटर्सले ल्याउन लागेको हो ।

प्रोटोन इमास ५ मलेसियाको अत्यधिक लोकप्रिय इभी गाडी हो । यसको बजार मूल्य ५६ लाखदेखि ७० लाख रुपैयाँसम्म पर्छ । यो इभीले ३२५ किलोमिटरसम्म माइलेज दिने कम्पनीले जनाएको छ । सहरी परिवारहरूका लागि डिजाइन गरिएको यो गाडी फराकिलो टेक फर्वार्ड क्याबिन छ ।

प्रोटोन इमास ५ ले पहिलोपटक नेपालमा रियर ह्विल ड्राइभ कम्प्याक्ट इलेक्ट्रिक एसयुभीको रूपमा प्रवेश गर्न लागेको बताइएको छ । जसले हालसम्म देखिएका इभीहरूभन्दा फरक ड्राइभिङ अनुभव दिने अपेक्षा गरिएको छ ।

ADVERTISEMENT

किनभने रियर ह्विल ड्राइभ प्रणालीमा गाडीको शक्ति पछाडिका चक्कामा पठाइन्छ र अगाडिका चक्काहरू केवल स्टेयरिङका लागि प्रयोग हुन्छन्, जसले सन्तुलन, परफर्मेन्स र नियन्त्रण सुधार गर्ने मानिन्छ । विशेष गरी नेपालजस्ता पहाडी तथा घुमाउरो सडक भएका देशमा यस्तो प्रणाली उपयोगी हुन सक्ने बताइन्छ ।

ADVERTISEMENT

प्रोटोन इ मास ५ गाडीमा ७१ केडब्लु डिसी फास्ट चार्जिङ सपोर्ट रहेको बताइएको छ, जसले करिब २१ मिनेटमै ३० देखि ८० प्रतिशतससम्म चार्ज गर्न सक्ने क्षमता राख्छ ।

ADVERTISEMENT

यो इभीमा इन्टेरियरतर्फ १४.६ इन्च फूल एचडी डिस्प्ले, ८.८ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर तथा एप्पल कारप्ले र एन्ड्रोइड अटो सपोर्ट जस्ता आधुनिक सुविधा समावेश छ । यसमा ३७५ देखि १,३२० लिटरसम्म विस्तार गर्न मिल्ने बुट स्पेस उपलब्ध हुने बताइएको छ ।

कम्पनीले यो इभीलाई नेपाली बजारमा प्रतिस्पर्धात्मक विकल्पका रूपमा प्रस्तुत गर्ने तयारी गरिरहेको छ । अब सबैको ध्यान यो गाडीको आधिकारिक लन्च र यसको वास्तविक परर्फेन्समा केन्द्रित भएको छ ।