काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली ले भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालय मा रहेको मतदान केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गरेका छन्।

प्रतिनिधिसभा निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष ओली झापा–५ बाट उम्मेदवार रहेका छन्।

ADVERTISEMENT

तर उनी उम्मेदवार रहेको निर्वाचन क्षेत्र झापा–५ मा भने उनले मतदान गर्न पाएनन्, किनकि उनको मतदाता नामावली भक्तपुरको बालकोटमा रहेको छ। त्यसैले उनले सोही मतदान केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गरेका हुन्।

ADVERTISEMENT

 

ADVERTISEMENT