महेन्द्रनगर (धनुषा), १३ फागुण। नेपाली कांग्रेसका नेता तथा धनुषा क्षेत्र नं–३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार विमलेन्द्र निधिले पार्टीभित्र देखिएको युवा पुस्ताको सक्रियता र नयाँ नेतृत्वको दिशालाई कांग्रेसका लागि महत्वपूर्ण अवसरका रूपमा लिएको बताएका छन्।

जनकपुरधाममा सञ्चारकर्मीसँग कुरा गर्दै निधिले सभापति गगनकुमार थापाको नेतृत्वमा देखिएको ऊर्जा र परिवर्तनको सन्देशले कार्यकर्तामा नयाँ उत्साह थपिएको बताए। उनले अहिले पार्टीभित्र नयाँ जोश, ऊर्जा र एकताको वातावरण बनेको दाबी गरे।

ADVERTISEMENT

उनका अनुसार फागुन ६ गते सम्पन्न आमसभा कांग्रेसका लागि सकारात्मक संकेत बनेको छ। पार्टीभित्र कुनै ठूलो विवाद वा मतभेद नरहेको पनि उनले स्पष्ट पारे।

मधेश प्रदेशमा चुनावी गतिविधि तीव्र बन्दै गइरहेका बेला कांग्रेसले संगठन विस्तार, घरदैलो कार्यक्रम र जनसम्पर्क अभियानलाई प्राथमिकतामा राखेको उनले बताए। स्थानीय मुद्दा, विकासका एजेन्डा र राजनीतिक स्थायित्वको सन्देशसहित कांग्रेस चुनावी मैदानमा उत्रिएको निधिको भनाइ छ।

ADVERTISEMENT

निधिले जनताको विश्वास जित्नका लागि कांग्रेस एकताबद्ध भएर अघि बढिरहेको पनि उल्लेख गरे।