दोलखा । दोलखामा विभिन्न राजनीतिक दल परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नेको लहर बढ्दै गएको छ। सोही क्रममा कालिञ्चोक गाउँपालिका–२ बाबरेमा आयोजित कार्यक्रममा नेकपा एमाले परित्याग गरी थुप्रै नेता–कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन्।

कार्यक्रममा एमाले नेता लालबहादुर थामीको नेतृत्वमा च्युफुर थामी, सन्ते थामी (ए) र सन्ते थामी (बी) लगायतका नेता–कार्यकर्ता कांग्रेसमा आबद्ध भएका हुन्। नवप्रवेशीहरूलाई दोलखा प्रतिनिधि सभा सदस्यका उम्मेदवार अजयबाबु शिवाकोटी तथा बागमती प्रदेशका पूर्व अर्थमन्त्री कुन्दनराज काफ्ले ले खादा तथा माला लगाएर स्वागत गरेका थिए।

ADVERTISEMENT

उक्त कार्यक्रममा धनकुमार थामी, निरमाया थामी र धनबहादुर थामी पनि आफ्नो पुरानो राजनीतिक घर नेपाली कांग्रेसमै फर्किएको घोषणा गरेका छन्।

ADVERTISEMENT

पार्टी प्रवेश गर्नेहरूमा नयाँ पुस्ता (जेन–जी) का युवाहरूको पनि उल्लेख्य सहभागिता देखिएको छ। देवबहादुर थामी र सञ्जय थामीलगायतका युवाहरू कांग्रेसको विचार, संगठन र नेतृत्वबाट प्रभावित भई पार्टीमा प्रवेश गरेको बताइएको छ।

पछिल्लो समय दोलखाका विभिन्न स्थानीय तहमा कांग्रेस प्रवेश गर्नेहरूको संख्या दिनानुदिन बढ्दै गएको बताइन्छ। स्थानीयका अनुसार स्वच्छ छवि, भ्रष्टाचारविरोधी अडान र युवा नेतृत्वका कारण शिवाकोटीप्रति आकर्षण बढेको छ।

ADVERTISEMENT

नवप्रवेशीहरूले लोकतन्त्रको रक्षा, सुशासन र विकासप्रतिको स्पष्ट दृष्टिकोणका कारण आफूहरूले वर्षौँदेखिको पार्टी सम्बन्ध तोडेर कांग्रेस रोजेको बताएका छन्।