रौतहट। रौतहट क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शेख सगिर आलम चढ्ने सवारी साधनको ठक्करबाट चार वर्षीया बालिका अल्फा खातुनको मृत्यु भएको घटनामा अदालतले चालकलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरेको छ।

प्रहरीले सवारी साधन चालक मुस्ताक आलमविरुद्ध सवारी ज्यान मुद्दा दर्ता गरी शुक्रबार जिल्ला अदालत रौतहटमा उपस्थित गराएको थियो। अदालतले घटनाबारे थप अनुसन्धानका लागि पाँच दिनको म्याद दिएको प्रहरीले जनाएको छ।

ADVERTISEMENT

हिजो भएको दुर्घटनामा गम्भीर घाइते भएकी बालिकाको उपचारका क्रममा मृत्यु भएको छ। घटनापछि प्रहरीले सवारी साधन नियन्त्रणमा लिई चालकलाई पक्राउ गरेको हो।

ADVERTISEMENT

यस घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टीले दुःख व्यक्त गरेको छ। पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीले जारी गरेको विज्ञप्तिमा घटनाले पार्टीलाई अत्यन्तै स्तब्ध र मर्माहत बनाएको उल्लेख गर्दै मृतक बालिकाप्रति भावपूर्ण श्रद्धाञ्जली र शोकाकूल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ।