काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले चुनावी क्षेत्र परिवर्तन गरेका छन् । यसअघि तीनपटक काठमाडौं ४ बाट निर्वाचन जितेका थापाले आसन्न प्रतिनिधिसभाको निर्वाचनमा सर्लाही ४ बाट उम्मेदवार बन्ने भएका छन् ।

सर्लाही ४ मा उनको एमालेका रविसिंह कुशवाहा र नेपाली कम्युनिस्ट पार्टीका डा. रगनिस राय यादवसँग प्रतिस्पर्धा हुनेछ । थापा काठमाडौं, धनकुटा र रोल्पासँगै सर्लाहीबाट पनि उम्मेदवार सिफारिस भएका थिए ।

ADVERTISEMENT

२०७९ को निर्वाचनमा सर्लाही ४ बाट स्वतन्त्र उम्मेदवार अमरेशकुमार सिंह निर्वाचित भएका थिए। कांग्रेसले टिकट नदिएपछि उनी स्वतन्त्र उठेर चुनाव जितेका थिए । सिंह २० हजार १७ मत प्राप्त गर्दै विजयी हुँदा कांग्रेस उम्मेदवार नागेन्द्रकुमार रायले १८ हजार २५३ मत प्राप्त गरेका थिए।

ADVERTISEMENT

सर्लाही ४ कांग्रेसको गढ भनेर चिनिन्छ । त्यसैले पनि गगन सर्लाही ४ मा उम्मेदवार बन्ने भएका हुन् । अघिल्लो निर्वाचनमै उनलाई सर्लाही ४ बाट सिफारिस गरिएको थियो । गगन मधेश झर्नुको मुख्य कारण मधेशमा कांग्रेसको विरासत फेरि फर्काउनु रहेको बताइन्छ । अघिल्लो निर्वाचनमा सर्लाहीबाट एकजना पनि कांग्रेस उम्मेदवारले चुनाव जितेका थिएनन् ।