काठमाडौं । ऊर्जा, भौतिक पूर्वाधार र सहकारीमन्त्रीसमेत रहेका कुलमान घिसिङले पदबाट राजीनामा दिने भएका छन् ।

त्यसका लागि मन्त्री घिसिङले बुधबार राति ९ बजे सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा आकस्मिक पत्रकार सम्मेलन बोलाएका छन् ।

पत्रकार सम्मेलनमा घिसिङले मन्त्री पदबाट राजीनामा घोषणा गर्ने उनका प्रेस सहयोगी सचिन गौतमले जानकारी दिए । रास्वपाको उपसभापति भएपछि उनलाई मन्त्री पदबाट राजीनामा दिन प्रधानमन्त्री सुशीला कार्कीले निर्देशन दिएकी थिइन् ।

कुलमानले आगामी फागुन २१ मा हुने निर्वाचनमा रास्वपाबाट चुनाव लड्ने तयारी गरेका छन् ।