काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची बुझाउने समय सकिएको छ। निर्वाचन आयोगका अनुसार मंगलबार बिहानसम्म ६३ वटा राजनीतिक दलले बन्दसूची दर्ता गराएका छन्।

तर नेपाली कांग्रेसले भने अझै बन्दसूची बुझाएको छैन । कांग्रेसमा विवाद देखिएकाले अन्तिम समयसम्म दर्ता प्रक्रिया अल्झिएको थियो। यद्यपि कांग्रेसले निस्सा भने लगिसकेको छ ।

ADVERTISEMENT

पार्टी सभापति शेरबहादुर देउवाको हस्ताक्षर लिन मुख्यसचिव कृष्ण पौडेल र प्रचार विभाग प्रमुख मीन विश्वकर्मा गएका कारण कांग्रेसको सूची दर्तामा ढिलाइ भएको हो। कांग्रेसले यसअघि दल दर्ता गर्दा देउवाको हस्ताक्षर प्रयोग गरेको थियो ।

ADVERTISEMENT

कांग्रेसको सूची दर्ता भएपछि समानुपातिकतर्फ उम्मेदवारी दिने दलको संख्या ६४ पुग्ने आयोगले जनाएको छ।

एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपालगायतका दलहरूले बन्दसूची बुझाएका छन्। नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल लोकतान्त्रिक पार्टीलगायत साना तथा ठूला ६३ दलले प्रक्रिया पूरा गरेका छन्।

ADVERTISEMENT