काठमाडौँ । कांग्रेसले समानुपातिकतर्फबाट अघिल्लोपटक सांसद भएकाहरुलाई यसपटक माैका नदिने भएकाे छ ।
शनिबार बसेको कार्य सम्पादन समितिले ०७९ मा समानुपातिकबाट सांसद बनेकाहरुलाई फेरि अवसर नदिने निर्णय गरेको हो।
कांग्रेस प्रवक्ता प्रकाशशरण महतले विधानअनुसार लगत्तै अघि सांसद भएकाहरुले आउँदो चुनावमा अवसर नपाउने बताए ।
कांग्रेसको विधानको धारा ३३ (२)मा समानुपातिकबाट सांसद भएको व्यक्ति तत्काल त्यसपछिको प्रदेश वा प्रतिनिधिसभामा समानुपातिकबाटै उम्मेदवार हुन पाउने छैन्।
विधानमा भनिएको छ, ‘प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा पार्टीको तर्फबाट समानुपातिक आधारमा निर्वाचित व्यक्ति तत्काल त्यसपछिको प्रतिनिधि सभा वा प्रदेश सभामा पार्टीको तर्फबाट समानुपातिक आधारमा पुनः उम्मेदवार हुन पाउने छैन ।’
आउँदो फागुन २१ गतेका लागि तोकिएको चुनावका लागि आइतबार र सोमबार मिति तोकिएको छ। कांग्रेस महाधिवेशनबारे छलफल राेकेर चुनाव केन्द्रित भएकाे हाे ।
समानुपातिकमा यसअघि सांसद बनेकालाई कांग्रेसमा यसपटक नाे चान्स






