काठमाडौँ । नेपाल प्रहरीले चालू आर्थिक वर्ष २०८२÷८३ को मंसिर महिनामा ४० करोड २५ लाख ४९ हजार राजस्व संकलन गरेको छ । कानुन कार्यान्वयन तथा विभिन्न कारबाहीका क्रममा उक्त राजश्व संकलन गरिएको हो ।

केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायव महानिरीक्षक अविनारायण काफ्लेका अनुसार प्रहरीले अवैध मालसामान बरामदवापत १७ करोड ९५ लाख ६७ हजार, अदालती फैसला कार्यान्वयनबाट १२ करोड ३७ लाख ३६ हजार, ट्राफिक कारबाहीवापत सात करोड १५ लाख ९३ हजार तथा अवैध सुनचाँदी बरामदवापत ८९ लाख ४५ हजार ३९३ राजस्व संकलन गरेको छ ।

ADVERTISEMENT

यस्तै हुण्डी कारोबार गर्नेहरुबाट ६४ लाख ४३ हजार, स्रोत नखुलेको रकम ८५ लाख नौ हजार, अवैध नदीजन्य पदार्थ उत्खनन् गर्नेहरुबाट २७ लाख ६४ हजार, अवैध काठ बरामदबाट रु दुई लाख ८७ हजार र अवैध पशुपंक्षीको कारोबार गर्नेहरुबाट सात लाख दुई हजार बरामद गरेको प्रवक्ता काफ्लेले बताए ।