काठमाडौं । नेपाल प्रहरीले महानिरीक्षक चन्द्रकुबेर खापुङका विषयमा विभिन्न मिडियामा आएका समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । प्रहरीले आइजीपीले राजीनामा दिन खोजेको भन्ने खबरमा कुनै सत्यता नरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न दबाब दिएको अवस्थामा खापुङले बाध्य भएर राजीनामा दिने आशयको समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै उक्त प्रतिक्रिया जनाएको हो ।

ADVERTISEMENT

प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्यालको उपस्थितिमा भएका बैठक तथा कार्यक्रममा महानिरीक्षकले त्यस्तो कुनै अभिव्यक्ति नदिएको बताए । उनका अनुसार बैठकमा समसामयिक घटनाक्रम र सोबाट सृजित सुरक्षा चुनौतीहरुको बारेमा विश्लेषण गरिएको, शान्ति सुव्यवस्था कायम गर्ने कुरो मात्रै भएको हो ।

गत सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री कार्की, गृहमन्त्री अर्यालसहित चारै सुरक्षा निकायको उपस्थितिमा महानिरीक्षक खापुङले दिएको अभिव्यक्तिबारे अहिले चर्चा परिचर्चा भइरहेको छ ।

ADVERTISEMENT