काठमाडौं — नेपालको अग्रणी अडियो तथा वेयरेबल ब्रान्ड अल्टिमा लाइफस्टाइलले आफ्नो अडियो उत्पादन श्रृंखला विस्तार गर्दै नयाँ ‘अल्टिमा बास ४३०’ हेडफोन सार्वजनिक गर्ने भएको छ ।

कम्पनीका अनुसार नयाँ हेडफोन आगामी अगस्ट ८, २०२६ देखि नेपाली बजारमा आधिकारिक रूपमा उपलब्ध हुनेछ। शक्तिशाली ध्वनि, लामो ब्याट्री ब्याकअप र दैनिक प्रयोगका लागि आरामदायी डिजाइनसहित तयार गरिएको यो हेडफोनले किफायती मूल्यमा आधुनिक प्रविधिको अनुभव दिने कम्पनीले जनाएको छ।

ADVERTISEMENT

कम्पनीले नयाँ हेडफोनको आगमनसँगै आफ्नो अडियो उत्पादन श्रृंखलामा अर्को नयाँ विकल्प थपिएको जनाएको छ। संगीत सुन्न, चलचित्र हेर्न, खेल खेल्न तथा दैनिक प्रयोगका लागि उपयुक्त हुने गरी तयार गरिएको यो कान पूरै ढाक्ने (ओभर–इयर) हेडफोनले उच्चस्तरीय सुविधा किफायती मूल्यमा उपलब्ध गराउने उद्देश्य राखेको कम्पनीको भनाइ छ। नेपाली उपभोक्ताको बदलिँदो जीवनशैली र मनोरञ्जनसम्बन्धी आवश्यकतालाई ध्यानमा राखेर यो उत्पादन विकास गरिएको कम्पनीले जनाएको छ।

नयाँ हेडफोनमा ४० मिलिमिटरका डायनामिक ड्राइभर जडान गरिएको छ, जसले गहिरो बास र स्पष्ट ध्वनि प्रदान गर्ने कम्पनीको दाबी छ। यसमा ब्लुटुथ ५.४ प्रविधि प्रयोग गरिएको छ, जसले छिटो र स्थिर वायरलेस जडान सुनिश्चित गर्छ। साथै, एकपटक पूरा चार्ज गरेपछि ६० घण्टासम्म संगीत वा अन्य सामग्री सुन्न सकिने सुविधा दिइएको छ।

ADVERTISEMENT

खेल खेल्ने प्रयोगकर्तालाई लक्षित गरी हेडफोनमा ४० मिलिसेकेन्ड न्यून विलम्बता (बिस्ट मोड) राखिएको छ, जसले ध्वनि र दृश्यबीचको ढिलाइ कम गर्छ। त्यसैगरी वातावरणीय आवाज नियन्त्रण (ईएनसी) प्रविधिले वरिपरिको अनावश्यक आवाज कम गरी स्पष्ट रूपमा फोनमा कुराकानी गर्न सहयोग गर्ने कम्पनीले जनाएको छ।

यसका अतिरिक्त हेडफोनमा हल्का तौलको कान पूरै ढाक्ने डिजाइन, नरम कान प्याड, पसिना र पानीका छिटाबाट सुरक्षित रहने आईपिएक्स–४ स्तरको सुरक्षा, भ्वाइस सहायक प्रयोग गर्ने सुविधा, एकैपटक दुईवटा उपकरणसँग जडान गर्न सकिने सुविधा, तारमार्फत पनि प्रयोग गर्न मिल्ने व्यवस्था तथा मोडेर लैजान मिल्ने डिजाइन उपलब्ध गराइएको छ।

मुख्य विशेषताहरू

  • ६० घण्टासम्म ब्याट्री टिक्ने क्षमता
  • ४० मिलिमिटर डायनामिक ड्राइभरसहित उत्कृष्ट ध्वनि
  • खेलका लागि ४० मिलिसेकेन्ड न्यून विलम्बता (बिस्ट मोड)
  • ब्लुटुथ ५.४
  • वातावरणीय आवाज नियन्त्रण (ईएनसी)
  • भ्वाइस सहायक प्रयोग गर्ने सुविधा
  • नरम कान प्याड
  • आवश्यकता अनुसार मिलाउन र मोड्न मिल्ने डिजाइन
  • पसिना र पानीका छिटाबाट सुरक्षित (आईपिएक्स–४)
  • एकैपटक दुई उपकरणसँग जडान गर्न सकिने सुविधा
  • तारमार्फत पनि प्रयोग गर्न सकिने सुविधा

सार्वजनिक बिक्रीको विशेष योजना

कम्पनीका अनुसार अगस्ट ७ बेलुका ८ बजेदेखि अल्टिमाको आधिकारिक वेबसाइट र दराजमार्फत हेडफोनको अनलाइन बिक्री सुरु हुनेछ।

सार्वजनिक बिक्रीको अवसरमा प्रत्येक अनलाइन प्लेटफर्मका पहिलो १९ जना ग्राहकले हेडफोन केवल १९ रुपैयाँमा खरिद गर्न सक्नेछन्। यो सुविधा पहिले आउनेले पहिले पाउने आधारमा उपलब्ध हुनेछ।

त्यसपछि प्रत्येक प्लेटफर्मका अर्को १९ जना ग्राहकले हेडफोन ४९९ रुपैयाँमा खरिद गर्ने अवसर पाउनेछन्।

यस्तै, अगस्ट ८ मा अल्टिमा लाइफस्टाइलका ९ वटा आधिकारिक बिक्री केन्द्र मा प्रत्येक केन्द्रका पहिलो तीन जना ग्राहकले पनि हेडफोन केवल १९ रुपैयाँमा खरिद गर्न सक्नेछन्।

यी सबै विशेष योजना समाप्त भएपछि अल्टिमा बास ४३० हेडफोनको आधिकारिक बिक्री मूल्य २ हजार ९९९ रुपैयाँ कायम हुनेछ।

उपलब्धता

अल्टिमा बास ४३० हेडफोन अगस्ट ७ बेलुका ८ बजेदेखि अल्टिमाको आधिकारिक वेबसाइट र दराजमार्फत खरिद गर्न सकिनेछ। अगस्ट ८ देखि भने यो कम्पनीका आधिकारिक बिक्री केन्द्रहरूमा पनि उपलब्ध हुनेछ।

यसका साथै ग्राहकहरूले खल्ती, जीवी, फोनपोइन्ट्स र पठाओ बजार मार्फत पनि यो हेडफोन खरिद गर्न सक्नेछन्।

अल्टिमा लाइफस्टाइल नेपालका द्रुत रूपमा विस्तार भइरहेको लाइफस्टाइल एक्सेसरिज ब्रान्डमध्ये एक हो। कम्पनीले अडियो, वेयरेबल तथा अन्य आधुनिक इलेक्ट्रोनिक सामग्री किफायती मूल्यमा नेपाली उपभोक्तामाझ उपलब्ध गराउँदै आएको छ।

गुणस्तरीय उत्पादनसँगै भरपर्दो बिक्रीपछिको सेवा उपलब्ध गराउनु कम्पनीको प्रमुख प्रतिबद्धता रहेको छ।