काठमाडौं । सातवटा साना राजनीतिक दलहरूले अग्रगामी मोर्चा घोषणा गर्ने भएका छन् । सोमबार भएको छलफलपछि उनीहरू अग्रगामी मोर्चा घोषणाको तयारीमा जुटेका हुन् ।

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतका अनुसार, २३ साउनमा साना सात दलले मोर्चा घोषणा गर्ने जानकारी दिएका छन् । उनका अनुसार नयाँ बानेश्वरको थापागाउँस्थित काठमाडौं बैंकेटमा मोर्चा घोषणा हुने तय भएको छ ।

ADVERTISEMENT

मोर्चामा जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, आम जनता पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाललगायतका पार्टीहरू आबद्ध रहेका छन् ।

सोमबार जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक जनार्दन शर्मा, जनमत पार्टीका अध्यक्ष डा. सीके राउतसहितका नेताहरू छलफलमा जुटेका थिए । ललितपुरमा भएको छलफलमा आम जनता पार्टीका अध्यक्ष प्रभु शाह, जसपा नेपालका नेता जितेन्द्र सोनल पनि सहभागी थिए ।

ADVERTISEMENT