काठमाडौँ । एमालेको सचिवालय बैठक केन्द्रीय कार्यालय, च्यासलमा सुरु भएको छ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले पुस १३ र १४ गते समानुपातिकको बन्दसूची पेस गर्न समय निर्धारण गरेका सन्दर्भमा बैठकमा छलफल हुने जनाइएको छ ।

एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष केपी ओलीको नेतृत्वमा निर्वाचित भएपछि यो पहिलो सचिवालय बैठक हो । आइतबार बिहान ११ बजे बस्नेगरी तय भएको बैठक सयम परिवर्तन भई साढे २ बजे बसेको हो ।

महाधिवेशनपछि पुस ५ गतेको पहिलो केन्द्रीय कमिटीको बैठकले केन्द्रीय सदस्यमा मनोनयन, स्थायी कमिटी र पोलिटब्युरो गठनलगायतको अधिकार सचिवालयलाई दिएको छ । आजको बैठक विशेष गरी ११० जना समानुपातिक उम्मेदवारको बन्दसूचीमा नाम राख्ने विषयमा छलफल हुने छ ।