मेष : ज्ञान हासिल गर्ने अवसर मिल्नेछ। सुखद घटनाले मनमा उत्साह र खुसी थप्नेछ। सामाजिक तथा पारिवारिक जमघटमा विशेष सम्मान प्राप्त हुन सक्छ। कार्यक्षेत्रमा आफ्नो प्रभाव बढाउन सफल हुनुहुनेछ।
वृष : समय र परिस्थितिको सही मूल्याङ्कन गर्दै उचित निर्णय लिन सकिनेछ। थोरै प्रयासबाट पनि अपेक्षाभन्दा ठूलो उपलब्धि हासिल हुन सक्छ। रमणीय यात्राको अवसर मिल्नेछ भने मेहनतअनुसार राम्रो प्रतिफल प्राप्त हुनेछ।
मिथुन : स्वास्थ्यमा असहजता देखिन सक्ने भएकाले खानपान र दिनचर्यामा ध्यान दिनुहोला। सोचेजस्तो परिणाम नआउँदा निराशा बढ्न सक्छ। यात्रामा कठिनाइ र थकान हुन सक्ने भएकाले काम गर्दा सावधानी अपनाउनु उचित हुनेछ।
कर्कट : घुमफिर तथा यात्राका लागि दिन अनुकूल रहनेछ। यात्राबाट सफलता र नयाँ अनुभव प्राप्त हुनेछ। आफन्त तथा प्रियजनको साथ र सहयोग मिल्नेछ। घरजग्गा वा अन्य अचल सम्पत्ति प्राप्तिको सम्भावना पनि देखिन्छ।
सिंह : निरन्तरको मेहनतले कार्यक्षेत्रमा प्रगति गराउनेछ। मनमा रहेका इच्छा र आकाङ्क्षा पूरा हुनेछन्। नयाँ ज्ञान र सीप सिक्ने अवसर मिल्नेछ। सही समयमा उचित निर्णय लिन सके आर्थिक अवस्था सुदृढ बन्नेछ।
कन्या : प्रेम सम्बन्ध र मित्रतामा आत्मीयता बढ्नेछ। दाम्पत्य जीवन सुखद रहनेछ। महिला तथा नजिकका मित्रबाट विशेष सहयोग मिल्नेछ। आम्दानीका स्रोत विस्तार हुनुका साथै दीर्घकालीन लाभ दिने नयाँ काम सुरु गर्न सकिनेछ।
तुला : समय र नियमको पालना नगर्दा विभिन्न चुनौती सामना गर्नुपर्ने हुन सक्छ। समस्या समाधानका प्रयासले तत्काल अपेक्षित परिणाम नदिन सक्छन्। स्वास्थ्यसम्बन्धी सावधानी अपनाउनुहोला।
वृश्चिक : घरपरिवारमा शुभकार्यको चर्चा चल्नेछ। धार्मिक तथा सामाजिक गतिविधिमा सहभागी हुँदा आत्मसन्तुष्टि मिल्नेछ। बुद्धि, विवेक र अनुभवको सही प्रयोग गर्न सके कठिन कामसमेत सफलतापूर्वक सम्पन्न गर्न सकिनेछ।
धनु : रमणीय यात्राको अवसर मिल्नेछ। कला, साहित्य र प्रतिभा प्रस्तुत गर्ने क्षेत्रमा प्रभाव बढ्नेछ। आर्थिक कारोबारमा सकारात्मक उपलब्धि हासिल हुन सक्छ। मनोरञ्जन तथा नयाँ ठाउँको भ्रमण गर्ने योजना बन्नेछ।
मकर : परिवारको साथ र सहयोगले नयाँ उत्साह थप्नेछ। सङ्गीत तथा सिर्जनात्मक क्षेत्रमा रुचि बढ्नेछ। पुँजी बजारमा लगानीबाट लाभ मिल्ने सम्भावना छ। नयाँ योजना सुरु गर्न समय अनुकूल रहे पनि साँझपख साथीभाइबाट केही निराशा हुन सक्छ।
कुम्भ : आँटेका काममा ढिलाइ र अवरोध आउन सक्छ। धैर्यपूर्वक अघि बढ्नुहोला। किनमेल गर्दा सामान छुट्ने वा हराउने सम्भावना रहेकाले सतर्क रहनु आवश्यक छ। धार्मिक तथा तीर्थयात्राको अवसर भने मिल्न सक्छ।
मीन : आम्दानीका नयाँ स्रोत पहिचान गर्न सकिनेछ। एउटै कामबाट दोहोरो लाभ मिल्ने सम्भावना छ। सकारात्मक सोच र असल कर्ममा लाग्नेहरूका लागि प्रगति तथा आर्थिक लाभका अवसर खुल्दै जानेछन्।










