काठमाडौं । एमाले अध्यक्षमा केपी ओली तेस्रो कार्यकालका लागि चुनिएका छन् । बिहीबार दिउँसो सम्पन्न मतगणनामा उनले प्रतिस्पर्धी ईश्वर पोखरेललाई पराजित गरे ।
ओलीले १६६३ र पोखरेलले ५६४ मत पाए । बुधबार भएको निर्वाचनमा २२२७ मत खसेको थियो ।
पूर्वमहासचिवसमेत रहेका पोखरेल भने अध्यक्षमा पहिलोपटक प्रतिस्पर्धामा उत्रिएका हुन् । यसअघि ओली काठमाडौंमा २०७१ मा सम्पन्न नवौँ महाधिवेशनमा ओली पहिलोपल्ट अध्यक्षमा निर्वाचित भएका थिए । त्यसपछि २०७८ मा सौराहा महाधिवेशनबाट उनी दोस्रोपटक अध्यक्ष चुनिए । २०६५ मा काठमाडौंमा आयोजित आठौं महाधिवेशनमा भने ओली झलनाथ खनालसँग पराजित भएका थिए ।
यस्तै, महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । उनले १२२८ मत पाए । उनका प्रतिस्पर्धी सुरेन्द्र पाण्डेले ९९९ मत मात्र पाए ।





