विघटित प्रतिनिधिसभा पुनःस्थापनाको मागसहित १४१ पूर्वसांसदले हस्ताक्षर संकलन गरिएको छ । नेपाली कांग्रेस र एमालेका १४१ सांसदले हस्ताक्षर तयार गरेका हुन् ।
एमालेका ७५ र कांग्रेसका ६६ निवर्तमान सांसदले पुर्नस्थापनाको पक्षमा हस्ताक्षर गरेका हुन्। सो हस्ताक्षर सर्वोच्च अदालतमा पूरक प्रतिवेदनको रूपमा बुझाइने भएको छ ।
कांग्रेसको विघटित प्रतिनिधिसभाको एक सांसदका अनुसार शीर्ष तहका नेताबाहेकका ६६ सांसदले हस्ताक्षर गरेका हुन् । कांग्रेसका आठ निवर्तमान सांसदले मंसिर २३ गते नै प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्चमा रिट दर्ता गरिसकेका छन् । कांग्रेसले सोही रिटमा पक्ष कायम गर्न माग गर्दै थप ५८ निवर्तमान सांसदहरूलाई छुट्टाछुट्टै हस्ताक्षर गराएको हो।
स्रोतका अनुसार सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, र डा. शेखर कोइरालासहितका नेताले हस्ताक्षर गरेका छैनन् । थापा र शर्मा चुनावको पक्षमा छन् । तर, संस्थापन पक्ष र कोइराला निकट सांसदहरू प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्ने पक्षमा छन् । एमाले भने प्रतिनिधिसभा पुनःस्थापनको पक्षमा उभिएको छ ।







