काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालयका बजेट तथा कार्यक्रममाथि छलफल हुने भएको छ।

आजको बैठकमा युवा, श्रम तथा रोजगार मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयका लागि विनियोजित बजेटमाथि सांसदहरूले धारणा राख्नेछन्।

ADVERTISEMENT

सरकारले जेठ १५ गते आर्थिक वर्ष २०८३/८४ का लागि राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) संघीय संसद्मा प्रस्तुत गरेको थियो। सोही बजेटमाथिको मन्त्रालयगत छलफल अन्तर्गत आज विभिन्न महत्वपूर्ण मन्त्रालयका कार्यक्रम र खर्च शीर्षकमाथि बहस हुन लागेको हो।

बैठकमा सांसदहरूले बजेटका प्राथमिकता, कार्यान्वयन क्षमता तथा मन्त्रालयगत योजनाबारे आफ्ना धारणा र सुझाव प्रस्तुत गरिने छ।

ADVERTISEMENT