काठमाडौं । प्रतिनिधिसभाको बैठक सूचना टाँस गर स्थगित भएको छ । सोमबार बसेको बैठक विपक्षीले अवरोध गरेपछि १५ मिनेटका निम्ति स्थगित गरिएको थियो ।

विशेष कारण देखाउँदै बैठक बस्ने दिन र समय परिवर्तन गरिएको हो । संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले सूचना प्रकाशित गर्दै अब अर्को बैठक मंगलबार दिउँसो १ बजे बस्ने जनाएका हुन् ।

ADVERTISEMENT

विपक्षीहरूको अवरोधपछि सभामुख डोलप्रसाद अर्यालले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए। सो समय सकिँदा पनि बैठक बस्न सकेन र सूचना टाँस गरेर मंगलबारसम्मका लागि स्थगित गरिएको छ।

ADVERTISEMENT

२०८२ फागुन २१ को निर्वाचनपछिको यो नयाँ प्रतिनिधि सभामा पहिलोपटक सूचना टाँसेर बैठक स्थगित गरिएको हो।

प्रधानमन्त्री बालेन्द्र शाहले ‘नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिएपछि प्रमाण पेस गर्न वा उक्त अभिव्यक्ति रेकर्डबाट हटाउन विपक्षी दलहरूले माग गर्दै आएका छन्।

रास्वपाले प्रधानमन्त्रीको अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालयले स्पष्टीकरण दिइसकेको र आवश्यक परे परराष्ट्रमन्त्रीले थप प्रष्ट पार्ने बताए पनि विपक्षी दलहरूले अडान नछाड्दा बैठक चल्न सकेको छैन।

सोमबारको सर्वदलीय बैठकमा रास्वपा सभापति रवि लामिछानेले संसद् सञ्चालनका लागि सहयोग गर्न विपक्षी दलहरूसँग आग्रह गरेका थिए । तर विपक्षी दलहरूले प्रधानमन्त्री शाहले रोस्ट्रममा उभिएर जवाफ नदिएसम्म बैठक सञ्चालन हुन नसक्ने अडान राखे ।