काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज संसद् बैठकलाई सम्बोधन गर्ने भएका छन् ।

दिउँसो १ बजे बस्ने बैठकलाई सभापति लामिछानेले सम्बोधन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

ADVERTISEMENT

‘आजको संसद् बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेले सदनमा सम्बोधनका लागि सभामुखसँग समयका लागि अनुरोध गर्नु भएको छ,” मुख्य सचेतक बुर्लाकोटीले भने ।

ADVERTISEMENT

 आजको बैठकमा  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची छ ।

बैठकमा कानुनमन्त्री गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् ।

ADVERTISEMENT

कानुनमन्त्री गौतमले नै ‘एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्नेसम्बन्धी प्रस्ताव’ पेस गर्ने कार्यसूची छ ।