काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले दिनदिनै नयाँ रेकर्ड कायम गरेको छ।
आइतबार ७०० रुपैयाँले बढेर एक तोला सुनको मूल्य दुई लाख २३ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ। यो मूल्य हालसम्मकै उच्च हो।
यसअघि अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार एक तोला सुनको मूल्य दुई लाख २२ हजार ५०० रुपैयाँ पुगेको थियो।
सुनको मूल्यसँगै चाँदीको भाउ पनि वृद्धि भएको छ। आज एक तोला चाँदीको मूल्य २ हजार ८१० रुपैयाँ कायम भएको छ। शुक्रबार एक तोला चाँदी २ हजार ७४० रुपैयाँमा खरिदबिक्री भएको थियो।








