काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.०३ अंकले घटेर २६०९.०३ बिन्दुमा पुगेर बन्द भएको हो ।
बुधबार ३ सय २९ कम्पनीको ८६ लाख ४७ हजार ९ सय ४८ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७३ करोड ८७ लाख ७२ हजार ३ सय ७३ रुपैयाँ बराबरको कारोबार भएको छ ।
बुधबार ८० कम्पनीको सेयर मूल्य बढ्दा १ सय ६९ कम्पनीको सेयर मूल्य घटेको छ भने ९ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
बुधबार श्रीनगर एग्रोटेक इन्डस्ट्रिज लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको २६ करोड ३९ लाख रुपैयाँ बरारको कारोबार हुँदा प्रतिकित्ता ८ सय ३० रुपैयाँ पुगेको छ ।
साथै, आज ३ कम्पनीको सेयर मूल्य मा सकारात्मक सर्किट लागेको छ भने झापा इनर्जिको सेयर मूल्य प्रतिकित्ता ९.३० अंकले घटेको छ ।






