काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार उच्च अंक्ले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २७.५९ अंकले ओर्लिएर २६१४.५५ विन्दुमा पुगेको छ। अधिकांश सेयर सूचक राताम्मे बनेका छन् ।
नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । आज डेढ करोड कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ६९ करोडको कारोबार भएको छ।
आखुखोला जलविद्युत् कम्पनीको ६३ करोडको कारोबार हुँदा रिडी ३७ करोड, एसवाई प्यानल ३१ करोड, ङादी ग्रुप पावर १९ करोड र राधी विद्युत् १७ करोडको सेयर किनबेच भएको छ।
आइतबार २२० वटा कम्पनीको सेयर मूल्य घट्दा ३४ वटाको मात्रै मूल्य बढेको छ। आज साल्पा विकास बैंकको १० प्रतिशत, रिलायन्स स्पिनिङ मिल्स ९.२६ प्रतिशत, कालिका लघुवित्त ५.१७ प्रतिशत, मञ्जुश्री फाइनान्स ४.४२ प्रतिशत र सुपर मादी हाइड्रोपावर ४.१६ प्रतिशतले बढेको नेप्सेले जनाएको छ।
बुद्धभूमि हाइड्रोपावर ८.९२ प्रतिशत, रिडी पावर कम्पनी ८.३३ प्रतिशत, आखुखोला जलविद्युत् कम्पनी ८.२८ प्रतिशत,.नारायणी विकास बैंक ६.९१ प्रतिशतले घटेका छन्।








