काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.७८ प्रतिशतले बढेर २५५०.३६ बिन्दुमा पुगेर बन्द भएको हो ।
सोमबार ३ सय ३५ कम्पनीको ८८ लाख ९३ हजार ७ सय ७८ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ९४ करोड ६० लाख ७४ हजार ३ सय ५८ रुपैयाँ बराबर कारोबार भएको छ । सोमबार १ सय ६७ कम्पनीको सेयर मूल्य घट्दा ७६ कम्पनीको सेयर मूल्य घटेको छ भने १३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
सोमबार साहस उर्जाको सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको १८ करोड ३६ हजार ९ सय ४१ रुपैयाँ संकलन भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६ सय ७९ रुपैयाँ पुगेको छ ।
सोमबार ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एक कम्पनीको सेयर मूल्यमा नकारात्म्क सर्किट लागेको छ ।





