काठमाडौँ। नेपालमा अडियो र वेयरेबल ब्रान्डहरुमा अग्रणी स्थानमा रहेको अल्टिमा लाईफ स्टाइलले  फेरि एकपटक बजार हल्लाउन तयार गरिरहेको छ। आउदै गरेको दराजको १२:१२ योजनामा अल्टिमाले तीन नयाँ दमदार प्रिमियम प्रोडक्ट पत्याउनै गार्हो हुने मुल्यमा बिक्रि गर्दैछ। प्रोडक्टमा पाइने भारि छूट सुन्दा मात्र पनि तपाई झस्किन सक्नु हुन्छ !

डिसेम्बर १२  देखि १८  सम्म चल्ने यो योजनाको छुट अल्टिमाको सबै अफिसियल प्लेटफर्महरूमा उपलब्ध हुनेछ। ११:११ मा  अल्टिमाको अफर छुटाउनेहरूका लागि यो अत्यन्त कम मूल्यमा अल्टिमाको ग्याजेट किन्ने दोस्रो ठुलो मौका हुने बताइएको छ । 

अल्टिमाले के के लन्च गर्दैछ १२:१२ मा ?

ADVERTISEMENT

यसपटक अल्टिमाले इयरबड्स र पावरबैंक दुवै क्याटेगोरीमा एकैपटक तीन ओटा नयाँ प्रोडक्ट ल्याउने बताएको छ। 

ADVERTISEMENT

पहिलो प्रडक्ट अल्टिमा एटम बढ टू रहेको छ। 

ADVERTISEMENT

प्रयोग गर्न सहज साथै स्टाइलिस् यो इयरबड फोन वा ल्यापटप दुवैमा पेरिङ्ग र अटो स्विच हुन्छ ।  १२० घण्टासम्मको लामो समय ब्याट्री ब्याकअप दिनसक्ने यसमा जम्मा ५० मिलि सेकन्डको मात्र लो लेटेंसी अडियो डिले हुन्छ। अत्यन्त मधुरो  ३२ डिसिबल सम्मको एक्टिभ ब्याक ग्राउन्ड न्वाइज क्यन्सिलेसन गर्नसक्ने अल्टिमा एटम बढ टूलाइ अल्टिमा लिंक एप मार्फत फुल कस्टमाइजेसन गर्न सकिन्छ। यो इयरबडमा ब्लुटुथ ५.४ उपलब्ध छ जसले फास्ट डाटा ट्रान्स्फर हुने तथा लामो समय सम्म ब्याट्री टिकाउ गराऊछ। 

एम आर पी मूल्य तीनहजार नौ सय उनान्सय रुपैया रहेको यो समान १२:१२ को अफर अन्तर्गत जम्मा रु  १८९९ मा किन्न सकिने छ। 

दोस्रो प्रडक्ट छ  Ultima Boost 20K Ultra Max- 100W को पावरबैंक, 

यो पावरबैंक नामै जस्तै अल्ट्रा  शक्तिशाली, अत्यन्तै छिटो मल्टीपर्पोज चार्जिंगको लागि उपयोगी छ । २०,००० एमएएच क्षमताभएको १०० वाट क्षमता रहेको यसबाट ल्यापटप सम्म चार्ज गर्न सकिन्छ स्मार्ट एलइडी डिस्प्ले भएको यो पावरबैंकमा  ब्याकअप लेभल , चार्ज स्पीड सबै देखिने १२  लेयरको सुरक्षा प्रणाली युक्त प्रिमियम आल्मुनियम बढीयुक्त यो प्रडक्टमा  स्टाइल र स्ट्रेन्थ दुवै एकसाथ देखिन्छ जसमा चार्जिंगको लागि  ३ पोर्ट (२ वटा टाईप -ए  र एउटा  टाईप सी इन/आउट उपलब्ध छ। 

एम आर पी मूल्य नौ हजार नौ सय उनान्सय रुपैया रहेको यो समान १२:१२ को अफर अन्तर्गत जम्मा ४७९९  मा किन्न सकिन्छ। 

तेस्रो प्रडक्ट छ Ultima Boost 20K Mini  आकार मात्र सानो, क्षमता तीनगुना!

यो नाम मात्र मिनी तर , फुल पावर भएको 22.5Wको  फास्ट चार्जिङ पावरबैंक हो जसमा इन-बिल्ट टाईप सी र लाइटनिङ ब्रेडेड केवल ल्यान्यार्डको रूपमा उपलब्ध छ। 

आकर्षक अनि स्टाइलिश रोजगोल्ड, ब्लू, सिल्भर गरि तिन वटा  रंगमा यो प्रडक्टलाइ अल्टिमाले बजारमा ल्याउदै छ। २०,००० एमएएच  क्षमताको यो पावरबैंक बाट  एकैपटक तिन वटा डिभाइस चार्ज गर्न सकिन्छ।

एम आर पी मूल्य ७  हजार नौ सय उनान्सय रुपैया रहेको यो समान १२:१२ को अफर अन्तर्गत जम्मा २७९९ मा किन्न सकिन्छ 

Ultima Lifestyle नेपालकै अग्रणी टेक–लाइफस्टाइल ब्रान्ड हो, जसले उच्चस्तरीय प्रोडक्टहरू सर्वसुलभ मूल्यमा उपलब्ध गराउँदै बजारमा नयाँ मापदण्ड स्थापित गर्दै आइरहेको छ। उत्कृष्ट ग्राहक सेवा र आफ्टर सेल सपोर्टका कारण अल्टिमा नेपालभर लोकप्रिय छ।