काठमाडौं । CFMOTO ले नेपाली बजारमा 250 Dual मोटरसाइकल खरिद गर्ने ग्राहकलाई लक्षित गर्दै विशेष अफर सार्वजनिक गरेको छ। कम्पनीका अनुसार सीमित अवधिका लागि लागू हुने यो अफरअन्तर्गत मोटरसाइकल खरिद गर्दा ग्राहकले २० हजार रुपैयाँ नगद छुट, निःशुल्क ह्यान्डगार्ड र ५ वर्षको इन्जिन वारेन्टी प्राप्त गर्नेछन्।

ग्राहकको सहजतालाई ध्यानमा राख्दै कम्पनीले वित्तीय सुविधा पनि उपलब्ध गराएको जनाएको छ। जसअनुसार कम डाउन पेमेन्टमा मोटरसाइकल खरिद गर्न सकिनेछ भने अधिकतम ३६ महिनासम्म किस्ताबन्दीको सुविधा पनि रहनेछ।

ADVERTISEMENT

CFMOTO 250 Dual टुन्ड्रा ग्रे, पोलर ह्वाइट र लाइम ग्रीन गरी तीन रंगमा उपलब्ध छ। कम्पनीका अनुसार यसको स्टक हाल नेपाली बजारमा उपलब्ध रहेको छ। यद्यपि, सार्वजनिक गरिएको नगद छुटसहितको अफर भने सीमित अवधिका लागि मात्र लागू हुनेछ।

ADVERTISEMENT

पावर, पर्फमेन्स र एडभेन्चर राइडिङलाई केन्द्रमा राखेर तयार गरिएको 250 Dual नेपाली बजारमा लोकप्रिय हुँदै गएको कम्पनीको दाबी छ। दैनिक यात्रासँगै अफरोड तथा एडभेन्चर राइडिङमा रुचि राख्ने ग्राहकलाई लक्षित गरी यो मोटरसाइकल बिक्री हुँदै आएको कम्पनीले जनाएको छ।

ADVERTISEMENT

कम्पनीका अनुसार नेपाली बजारमा हालसम्म 250 Dual का १५० भन्दा बढी युनिट बिक्री भइसकेका छन्। नयाँ अफरले मोटरसाइकल खरिद गर्न चाहने ग्राहकलाई थप आकर्षित गर्ने कम्पनीको अपेक्षा छ।

नगद छुटसँगै ५ वर्षको इन्जिन वारेन्टी, निःशुल्क ह्यान्डगार्ड र किस्ताबन्दी सुविधालाई अफरको मुख्य आकर्षणका रूपमा प्रस्तुत गरिएको छ।