काठमाडौं । देशका विभिन्न क्षेत्रमा आएको विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले थकाली (सेन्चुरी फुड प्याकेजिङ एन्ड प्रोसेसिङ उद्योग प्रा.लि.) ले आर्थिक तथा खाद्यान्न सहयोग गरेको छ।

कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ लाख १ हजार रुपैयाँ नगद सहयोग गरेको जनाएको छ। यसका साथै विपद्बाट प्रभावित समुदायका लागि कम्पनीले २ हजार १ सय किलो थकाली चामल समेत सहयोग गरेको छ।

ADVERTISEMENT

सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध रहेको जनाउँदै थकालीले विपद्को कठिन समयमा प्रभावित परिवारसँग ऐक्यबद्धता जनाउँदै राहत तथा पुनःस्थापना कार्यमा योगदान गरेको जनाएको छ।

ADVERTISEMENT

कम्पनीका अनुसार विपद्का कारण प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन खाद्यान्न तथा आर्थिक सहयोग गरिएको हो।