काठमाडौं । नागरिक लगानी कोषको ३१औँ वार्षिक साधारणसभा पुस ३० गते हुने भएको छ। कोषका अनुसार उक्त साधारणसभा काठमाडौंस्थित कोष भवन परिसरमा आयोजना गरिनेछ।

साधारणसभामा कोषको आर्थिक वर्ष २०८१/८२ को आम्दानी बाँडफाँट हिसाब विवरणअनुसार प्रस्तावित पाँच प्रतिशत बोनस सेयर तथा आठ प्रतिशत नगद लाभांश पारित गर्ने एजेन्डा रहेको छ।

त्यसैगरी, साधारणसभामा सञ्चालक समितिमा सेयरधनीको तर्फबाट एक जना सञ्चालकको निर्वाचन गर्ने कार्यसूची समेत समावेश गरिएको छ।

कोषले सेयरधनीहरूलाई सभामा सहभागी भई प्रस्तावित एजेन्डामाथि छलफल तथा निर्णय प्रक्रियामा सहभागिता जनाउन आग्रह गरेको छ।