काठमाडौं, भदौ १९, २०८२ – एनसेल आजियाटा लिमिटेडले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरूको प्रयोगबारे आफ्ना ग्राहकलाई अति आवश्यक सूचना जारी गरेको छ।

नेपाल दूरसञ्चार प्राधिकरणले सर्वोच्च अदालतको आदेश, नेपाल सरकार मन्त्रिपरिषद्को भदौ ९, २०८२  को निर्णय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको भदौ १९, २०८२ को मन्त्रिस्तरीय बैठकको निर्णय तथा सामाजिक सञ्जाललाई व्यवस्थित गर्ने २०८० को निर्देशिकाको आधारमा दूरसञ्चार कम्पनीलाई सामाजिक सञ्जाल नियमन गर्न निर्देशन दिएको हो।

ADVERTISEMENT

यसै निर्देशानुसार, एनसेलले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरू आफ्नो इन्टरनेट सेवाबाट आगामी दिनमा नचल्ने हुनसक्ने जानकारी दिएको छ। कम्पनीले यसबाट पर्न सक्ने असुविधा प्रति क्षमायाचना गर्दै प्रयोगकर्तालाई सचेत रहन आग्रह गरेको छ।

ADVERTISEMENT

तर, टिकटक, भाइबर लगायत दर्ता भइसकेका सामाजिक सञ्जाल प्लेटफर्महरू भने एनसेलको डाटा सेवामार्फत नियमित रूपमा चलाउन सकिने कम्पनीले स्पष्ट पारेको छ।

एनसेलले आफ्ना ग्राहकलाई निरन्तर जानकारी गराइरहने प्रतिबद्धता जनाएको छ र नेपालमा सञ्चालित इन्टरनेट सेवासम्बन्धी परिवर्तनबारे आवश्यक सूचना समयमै उपलब्ध गराउने जनाएको छ।

ADVERTISEMENT