काठमाडौँ, प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते निर्धारित प्रतिनिधिसभा निर्वाचनका तयारीबारे छलफल गर्न शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छिन्।प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक शुक्रबार अपराह्न ४ बजे बस्ने छ, जसमा प्रमुख राजनीतिक दलका नेता, सुरक्षा निकायका प्रतिनिधि, निर्वाचन आयोग तथा अन्य सरोकारवाला निकायका अधिकारीहरुलाई समेत आमन्त्रित गरिएको छ।

सरकारले आगामी चुनावलाई केन्द्रित गर्दै आवश्यक तयारीबारे सम्बन्धित पक्षसँग निरन्तर परामर्श गर्दै आएको छ।

निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरिसकेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहित साना तथा मधेसकेन्द्रित दलहरूले पनि चुनाव केन्द्रित गतिविधि तीव्र पारेका छन्।