काठमाडौं । निर्वाचन आयोगले देशभर सम्पन्न निर्वाचनको अन्तिम मतपरिणामसहितको प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्की समक्ष पेश गरेको छ ।आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी नेतृत्वको टोलीले आइतबार प्रधानमन्त्रीलाई उक्त प्रतिवेदन हस्तान्तरण गरेको हो ।
प्रतिवेदन पेश कार्यक्रममा आयुक्तहरू डा. जानकी कुमारी तुलाधर र सगुन शम्शेर जबरा सहित आयोगका सचिव कृष्णबहादुर राउत लगायतका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।त्यसैगरी, गृहमन्त्री ओमप्रकाश अर्याल तथा कानुन मन्त्री अनिल कुमार सिन्हा पनि प्रतिवेदन ग्रहण कार्यक्रममा सहभागी भएका थिए ।
निर्वाचन आयोगले यसअघि नै राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पनि मतपरिणामसहितको प्रतिवेदन बुझाइसकेको जनाएको छ ।आयोगका अनुसार उक्त प्रतिवेदनले निर्वाचन प्रक्रियाको समग्र विवरण, परिणाम तथा आवश्यक सिफारिसहरू समेटेको छ ।





