काठमाडौं । बोटलर्स नेपाल लिमिटेडले गत आवको मुनाफाबाट सेयरधनीलाई लाभांश नदिने भएको छ । कम्पनीको मंसिर १० गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

कम्पनीको ४७ औं वार्षिक साधारणसभा पुस २३ गते बोलाएको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस ११ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ ।

ADVERTISEMENT